सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप २०२६

दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, न्यूजिल्याण्ड ७ विकेटले पराजित

शनिबार, ०२ फागुन २०८२, २२ : ४७
शनिबार, ०२ फागुन २०८२

सारांश

  • शनिबारको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्यो।
  • टस जितेर बलिङ रोजेको दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई १७५ रनमा समेटेको थियो।
  • दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करमले ८६ रनको अविजित इनिङ खेले।

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज (शनिबार) सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि ७ विकेटको जित हात पारेको छ ।

टस जितेर पहिले बलिङ रोजेको दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रनमा सीमित गरेको थियो । न्यूजिल्याण्डका लागि मार्क च्यापम्यानले २६ बलमा ४८ रनको योगदान गरे भने ड्यारिल मिचेलले २४ बलमा ३२ तथा फिन एलेनले १७ बलमा ३१ रनको योगदान दिए ।

जवाफमा दक्षिण अफ्रिकाले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १७.१ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । कप्तान एडेन मार्करम ४४ बलमा अविजित ८६ रन बनाएर टोलीको जितका नायक बने भने डेभिड मिलर १७ बलमा अविजित २४ रनमा साथ दिए । रायन रिकेल्टनले ११ बलमा २१ रनको योगदान गरे ।

जितसँगै दक्षिण अफ्रिकाले समूह ‘डी’ मा लगातार तेस्रो जित निकाल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप