नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्र सार्वजनिक
सारांश
- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
- घोषणापत्रमा देशभक्तहरुको जीवन्त सदन बनाउन आवाज उठाउने कुरा उल्लेख छ ।
- अध्यक्ष नारायणमान बिजुक्छेले ऐन, कानुनका विषयमा छलफल गर्ने र देशलाई अघि बढाउने नीति लिने बताए ।
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमका बिच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा देशभक्तहरुको जीवन्त सदन बनाउन आवाज उठाउने, जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गराउने, दुर्गम क्षेत्रहरुमा रोपवे, केबुल कार, सुरुङ्मार्ग, रेगमार्ग निर्माणका कार्यक्रम अवलम्वन गर्नुपर्ने, सरकारी कर्मचारीलाई तलब खुलाउन ऋण लिने र ऋणको साँवा व्याज तिर्न पनि ऋण लिने देशघाती कामको विरोध जारी राख्ने उल्लेख गरिएको छ ।
त्यस्तै,भ्रष्टाचारीहरुको सम्पति राष्ट्रियकरण गर्ने, ठूला भ्रष्टाचारीहरुलाई ज्यान सजायसमेत हुने कानुनी व्यवस्था बनाउन निरन्तर संघर्षरत रहने, निर्वाचित जनप्रतिनिधिहरु आफ्नै क्षेत्रमा बसेर जनताको सेवा र देशको सन्तुलित विकास गर्न पाउने कानून व्यवस्था गराउने लगाएत समेत घोषणापत्रमा उल्लेख छ ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ऐन, कानुनका बिषयमा छलफल गर्ने, देशलाई अघि बढाउने नीति लिने लगाएतका बिषयमा पार्टीको जोड रहेको बताए । सदनमा जनताको बिषयलाई छलफल गर्ने थलो बनाउनुपर्ने र उम्मेदवारहरुले समेत आफ्नो एजेण्डा राम्रोसँग जनतालाई बुझाउन सक्नुपर्ने उनले बताए ।
अध्यक्ष बिजुक्छेले ठूला दलहरुले अब हुने प्रधानमन्त्रीमा जोड दिएको भन्दै सदनले ठिक छ भनेको व्यक्तिलाई मात्रै प्रधानमन्त्री चयन गर्नुपर्नेमा जोड दिए । यसअघि प्रधानमन्त्री भइसकेका व्यक्ति र पार्टीले अहिलेसम्म देशका लागि गरेका कामका बारेमा आगामी सदनमा स्पष्ट पार्न सक्नुपर्नेमा उनले जोड दिए । उनले जनताले राम्रोसँग घोषणापत्र हेरेर मात्रै मत दिन आह्वान समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण