भारत–पाकिस्तान भिडन्त : पाकिस्तानले टस जित्यो, दुवै टोलीले एकअर्कासँग हात मिलाएनन्
सारांश
- कोलम्बोमा भारत र पाकिस्तानबीचको टी-२० विश्वकप खेल सुरु भयो, जसमा पाकिस्तानले टस जितेर बलिङ रोज्यो।
- टसको क्रममा दुवै टोलीका कप्तानले हात नमिलाए, जुन गत वर्षको एसिया कपमा भएको घटनासँग मिल्दोजुल्दो थियो।
- भारतीय टोली दुई परिवर्तनसहित मैदानमा उत्रिएको छ, जसमा अभिषेक शर्मा फर्किएका छन् र सन्जु सैमसनलाई विश्राम दिइएको छ।
कोलोम्बो । आर प्रेमदासा स्टेडियम मा जारी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबिचको बहुप्रतीक्षित खेल सुरु भएको छ ।
पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
टसका क्रममा दुवै टोलीका कप्तानले एकअर्कासँग हात नमिलाएको दृश्य चर्चाको विषय बनेको छ । गत वर्षको एसिया कपका दौरान पनि भारतीय खेलाडीहरूले पाकिस्तानका खेलाडीसँग हात मिलाएका थिएनन् । उक्त निर्णय पहलगाममा भएको आतंकी हमलाको विरोधस्वरूप गरिएको बताइएको थियो ।
पाकिस्तानी टोलीले अघिल्लो खेलको प्लेइङ–११ मा कुनै परिवर्तन नगरी मैदान उत्रिएको छ । यता भारतीय टोली भने दुई परिवर्तनसहित मैदानमा आएको छ । ओपनर अभिषेक शर्मा टोलीमा फर्किएका छन् भने आउट अफ फर्म रहेका सन्जु सैमसनलाई विश्राम दिइएको छ । साथै कुलदीप यादवलाई पनि मौका दिइएको छ ।
खेलअघि सांगीतिक प्रस्तुतिसमेत राखिएको थियो । फिल्म ‘धुरंधर’का र्यापर हनुमानकाइन्डले प्रस्तुति दिएका थिए । खेल अवलोकन गर्न भारतीय कप्तान रोहित शर्मा पनि स्टेडियममा उपस्थित भएका छन् ।
भारत र पाकिस्तानबिच गत वर्ष एसिया कपको फाइनलमा पनि प्रतिस्पर्धा भएको थियो । २८ सेप्टेम्बर २०२४ मा भएको उक्त खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण