बहुप्रतीक्षित खेलमा भारतसँग हार्यो पाकिस्तान
सारांश
- टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ।
- खेल आइतबार राति सम्पन्न भएको थियो।
- यो खेल निकै प्रतिक्षित थियो।
काठमाडौँ । टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ मा भारतले पाकिस्तानमाथि जित दर्ता गरेको छ । भारतले पाकिस्तानलाई ६१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकाल्न सफल भएको हो ।
कोलम्बोस्थित आर प्रेमदासा स्टेडियम मा सम्पन्न खेलमा भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै समेटियो ।
यस जितसँगै भारतले तीन खेलबाट ६ अंक जोड्दै तालिकामा पहिलाे स्थान हात पारेकाे छ । पाकिस्तानले भने तीन खेलमध्ये दुईमा जित निकाल्दै ४ अंक जोडेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । भारतका लागि ओपनर इसन किशनले उत्कृष्ट प्रदर्शन गर्दै ४० बलमा ७७ रनको विस्फोटक पारी खेलेर टोलीलाई मजबुत अवस्थामा पुर्याए ।
कप्तान सूर्यकुमार यादवले २९ बलमा ३३ रन जोड्दै केही समय इनिङ्स सम्हाले पनि ठुलो सट खेल्ने क्रममा आउट भए । तिलक बर्माले २४ बलमा २५ रन बनाए ।
अन्य ब्याटरले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । अभिषेक शर्मा ४ बलमै शून्यमा आउट हुँदा हार्दिक पाण्ड्या पहिलो बलमै खाता नखोली पवेलियन फर्किए ।
पाकिस्तानका लागि सइम अयुबले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएर सुरुवातमै दबाब सिर्जना गरेका थिए ।
१७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानको ब्याटिङ भने कमजोर देखियो । पाकिस्तान १८ ओभरमै ११४ रनमा समेटिँदा भारतले सहज जित हात पार्यो । पाकिस्तानका लागि उसमान खानले ३४ बलमा सर्वाधिक ४४ रनकाे याेगदान गरे भने साहिन अफ्रिदिले अविजित २३ रनकाे याेगदान गरे ।
यससँगै समूह ए’ मा भारतले आफ्नो वर्चस्व कायम राख्दै सेमिफाइनल यात्रातर्फ बलियो कदम चालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण