झापा गोल्डकपः उपाधिमाथि मच्छिन्द्र र एपिएफको दाबी
सारांश
- झापा गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
- एपिएफका प्रशिक्षकले उत्कृष्ट प्रदर्शन गर्ने बताए भने मच्छिन्द्रका प्रशिक्षकले उपाधि जित्ने दाबी गरे।
- विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार पाउनेछन्, साथै एक जना दर्शकले स्कुटर जित्नेछन्।
झापा । झापाको बिर्तामोडमा जारी सातौँ एक्सट्रिम झापा गोल्डकपको उपाधिमाथि मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले आआफ्नो दाबी प्रस्तुत गरेका छन् ।
यहाँस्थित डोमालाल राजवंशी रङ्गशालामा आइतबार आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा फाइनलका दुई प्रतिस्पर्धी टोली मच्छिन्द्र र एपिएफले उपाधिमाथि दाबी प्रस्तुत गरेका हुन् । एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिगमा समेत उच्च प्रदर्शन गरेका र नियमित क्याम्पमा रहेका पहिलो श्रेणीका खेलाडीले फाइलन खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । झापा गोल्डकपलाई नै केन्द्रित गरेर केही समय अघिदेखि तयारी गरिएको उनले बताए ।
यस्तै मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधिमाथि कब्जा गर्ने दाबी गरे । “अरू प्रतियोगितालाई छोडेर हामीले झापा गोल्डकपलाई फोकस गरेका छौँ”, उनले भने । अधिकांश झापाली खेलाडीलाई समेटेर टोली बनाइएकाले दर्शकको साथ र समर्थनले जीतमा मद्दत गर्ने उनले बताए ।
एपिएफका कप्तान हरि कार्कीले आयोजक टोलीलाई पराजित गरेर मनोबल उच्च बनाएकाले फाइनलमा उपाधि हात पारेर झापा गोल्डकपको इतिहासमा नयाँ रेकर्ड बनाउने उल्लेख गरे । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले अधिकांश खेलाडी मैदानसँग परिचित भएकाले पनि उपाधि रक्षा गर्न सहज हुने बताए ।
झापा गोल्डकपको विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा टिकट काटेर फुटबल हेर्ने एक दर्शकलाई गोला प्रथाबाट एक थान स्कुटरसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण