रुपन्देही-३ का जसपाका उम्मेदवार एमाले प्रवेश
सोमबार, ०४ फागुन २०८२, ११ : ३३
सारांश
- रुपन्देही क्षेत्र नं ३ मा जसपाका उम्मेदवार श्रीनिवास यादव एमालेमा प्रवेश गरे।
- जसपाका केन्द्रीय सदस्य यादवलाई भैरहवामा एमाले नेताहरूले स्वागत गरे।
- यादवले राष्ट्रियताको सवालमा एमाले नै महत्त्वपूर्ण शक्ति रहेको बताए।
बुटवल । रुपन्देही क्षेत्र नं ३ मा जनता समाजवादी पार्टी (जसपा) को प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्।
जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवलाई आज भैरहवामा रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार वासुदेव घिमिरे, क्षेत्र नं. ४ का उम्मेदवार प्रमोद कुमार यादव, एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकाल, गुमादेवी आचार्य, जिल्ला अध्यक्ष यज्ञ गैरे लगायतले एमालेमा स्वागत गरे ।
यादवले पछिल्लो समय राष्ट्रियता कमजोर बनिरहेको अवस्थामा राष्ट्रियताको विषयमा पनि एमाले नै महत्त्वपूर्ण शक्ति भएको निष्कर्ष निकाल्दै एमाले प्रवेश गर्ने निर्णय गरेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
-
इन्डोनेसियाको पापुआमा विद्रोहीद्वारा अमेरिकी पाइलट मारेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण