२१ वर्षे युवतीले रक्सी बनाउन करेत सर्प मगाइन्, टोक्दा गयो ज्यान
चीनमा एक युवतीलाई रक्सी बनाउनका लागि मगाएको सर्पले टोकेपछि मृत्यु भएको छ । युवतीले पारम्परिक ‘स्नेक वाइन’ बनाउनका लागि अनलाइनमार्फत सर्प मगाएकी थिइन् । घटना उत्तरी जिल्ला शान्शीको हो ।
२१ वर्षीया युवतीको करेत सर्पले टोकेपछि गत मंगलबार मृत्यु भएको हो । उनको मृत्यु भएको आठ दिनपछि सिन्ह्वाले यसबारे जानकारी दिएको हो ।
स्रोतका अनुसार उनले झुआनझुआन नामको अनलाइन पोर्टलबाट उक्त सर्प मगाएकी थिइन् । उक्त अनलाईनमा चीनको दिग्गज कम्पनी टेन्सेन्टले लगानी गरेको छ । दक्षिणी जिल्ला गुआन्डोंगबाट एक बिक्रेताले उक्त सर्प पठाएको थियो । उक्त जिल्लामा यो सर्प निकै पाइन्छन् । सर्पलाई ती युवतीको घरसम्म पुर्याउने स्थानीय कुरियर कम्पनीले आफूलाई डब्बा भित्र के थियो भन्ने थाहा नभएको बताए ।
युवतीकी आमा सिन्ह्वालाई दिएको जानकारी अनुसार उनकी छोरीले पारम्परिक रक्सी बनाउनका लागि सर्प मगाएकी थिइन् । यस्तो रक्सी औषधीय गुणले भरपुर हुने बताइएको छ ।
मिडिया रिपोर्टले युवतीलाई टोकेपछि सर्प भागेको बताएको छ भने वन विभागका अधिकारीले सर्पलाई युवतीको घर बाहिरबाट समातेको बताएका छन् ।
घटनापछि जंगली जीवको अनलाइन बिक्रीमा रोक लगाइएको छ । कम्पनीले यस्तो प्रकारको विज्ञापन पनि हटाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण