कारागारबाट फरार सात कैदी पक्राउ : डाँकादेखि मानव बेचबिखनसम्मका अभियुक्त
सारांश
- काठमाडौँ प्रहरीले विभिन्न कारागारबाट फरार भएका सात कैदीबन्दीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा डाँका चोरी, चोरी, मानव बेचबिखन, नकबजनी, लागुऔषध र ज्यान मार्ने उद्योगमा संलग्न व्यक्तिहरू छन्।
- फरार कैदीहरूको खोजीका लागि विशेष टोली परिचालन गरिएको थियो र उनीहरूलाई कानुनी प्रक्रिया पुरा गरी कारागार चलान गरियो।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न कारागारबाट फरार रहेका सात जना कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिएको छ। भदौ २४ गते कारागारबाट भाग्न सफल भएका उनीहरूलाई प्रहरीले खोजी गर्ने क्रममा फागुन ३ गते पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको हो।
पक्राउ पर्नेहरूमा गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिहरू रहेका छन्। पक्राउ परेकामध्ये डाँका चोरी मुद्दाका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, चोरी मुद्दाका २० वर्षीय प्रितम गुरुङ र मानव बेचबिखन तथा ओसारपसार मुद्दाकी २३ वर्षीया बविता तामाङ रहेका छन्।
त्यस्तै, नकबजनी चोरी मुद्दाका २२ वर्षीय विक्रम नेपाली, लागु औषध मुद्दाका भुवन तामाङ र ज्यान मार्ने उद्योगका अभियुक्त अनिस मगर पनि प्रहरीको फन्दामा परेका छन्। भारतीय नागरिक रोसन साहलाई पनि प्रहरीले लागु औषध मुद्दामा फरार रहेको अवस्थामा नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार फरार कैदीहरूको खोजीका लागि विशेष टोली परिचालन गरिएको थियो। काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण