बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकपमा अफगानिस्तानको पहिलो जित

सोमबार, ०४ फागुन २०८२, १४ : ५५
सोमबार, ०४ फागुन २०८२

नयाँ दिल्ली । टी–२० विश्वकपअन्तर्गत समूह 'डी'को खेलमा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गरेको छ । नयाँ दिल्लीमा सोमबार भएको खेलमा यूएईले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य टोलीले ४ बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो । 

जारी प्रतियोगितामा टोलीको यो पहिलो जित पनि हो । टी–२० विश्वकपको पहिलो खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा टोली दक्षिण अफ्रिकासँग सुपर ओभरमा स्तब्ध हुन पुगेको थियो । 

उता, यूएई पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो । टोलीले दोस्रो खेलमा पुनरागमन गर्दै क्यानडालाई ५ विकेटले पराजित गरेको थियो । अफगानिस्तानका लागि इब्राहिम जादरानले अर्धशतक बनाए । उनले ४१ बलमा ५३ रन जोड्ने क्रममा ६ चौका र १ छक्का हिर्काए ।  

दार्विस रसुलीले २३ बलमा ३३ रनको योगदान दिए । उनले ३ छक्का र १ छक्का प्रहार गरे । खेलको अन्त्यतिर २१ बलमा ४० रन जोड्दै अजमतुल्लाह ओमरजाईले टोलीलाई जित दिलाए । उनले २ चौका र ३ छक्का हिर्काए । 

सदिकुल्लाह अटलले १६ रन तथा गुलबदिन नाइबले १३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६० रन बनाएको थियो । टोलीका लागि सोहेब खानले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ६८ रन जोड्ने क्रममा ६ चौका र ४ छक्का प्रहार गरे । 

त्यस्तै, आलिसान सराफुले ३१ बलमा ४० रनको योगदान दिए । उनले ३ चौका र २ छक्का प्रहार गरे । 

सयेद हैदर र हैदर अलिले १३–१३ रनको योगदान दिए । कप्तान मुहम्मद वसिमले १० रन जोडे । अन्तय ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए । मुजिब उर रहमानले २ विकेट हात पारे । कप्तान रासिद खानले १ विकेट लिए । योसँग खान टी–२० मा ७०० विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप