शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मापसे गरी स्कुल बस चलाउने ५ जना चालक पक्राउ

सोमबार, ०४ फागुन २०८२, १५ : ०६
सोमबार, ०४ फागुन २०८२

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने ५ जना चालकलाई नियन्त्रणमा लिएको छ। 

विद्यालयका बालबालिका बोक्ने सवारी साधनका चालकले नै नशामा लठ्ठिएर बस चलाएको व्यापक गुनासो आएपछि प्रहरीले सोमबार विशेष चेकिङ अभियान चलाएको थियो। 

बिहान साढे ९ बजेको समयमा ट्राफिक प्रहरीसहित खटिएको टोलीले विद्यार्थी बोकिरहेका बसहरूलाई रोकेर जाँच गर्दा चालकहरूले मापसे गरेको भेटिएको हो।

पक्राउ पर्ने चालकहरूमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बस चलाउने ३३ वर्षीय आनन्द परियार र कुमुदिनी होम्सको ग १ क १३८२ नम्बरको बसका चालक ३७ वर्षीय गौतम गुरुङ रहेका छन्। 

त्यस्तै बिन्देश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नम्बरको बस चालक ४४ वर्षीय भक्त बहादुर गुरुङ, अञ्जली बोर्डिङको ग १ क ६४०३ नम्बरको बस चालक ४८ वर्षीय डम्बर बहादुर गुरुङ र एस।ओ।एस बोर्डिङको ग १ क ६४३३ नम्बरको बसका चालक ४७ वर्षीय पदम विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका सबै चालकमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप