जनकपुरमा कजारिया टायल्सको शोरूम उद्घाटन
जनकपुर । विश्वप्रसिद्ध टायल ब्रान्ड कजारियाले मधेश प्रदेशको ऐतिहासिक सहर जनकपुरमा आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। बाबा अटोमाटा ट्रेडिङ प्रा। लि। द्वारा सञ्चालित यस शोरूमले जनकपुर र आसपासका क्षेत्रमा बढ्दो आधुनिक टायलको मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।
शुक्रबार आयोजित एक विशेष समारोहका बीच कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको उद्घाटन गरे । उद्घाटन समारोहमा मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी र मिस नेपाल कोसमो २०२५ दीपशिखा नेपालको उपस्थितिले विशेष आकर्षण थपेको थियो।
कार्यक्रममा जनकपुरका प्रतिष्ठित व्यक्तित्व, उद्योगी, इन्जिनियर र आर्किटेक्टहरूको बाक्लो उपस्थिति रहेको थियो। निर्देशक अग्रवालले जनकपुरजस्तो प्रमुख सहरमा कजारियाको विस्तारले स्थानीय पूर्वाधार विकास र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
जनकपुरको मुख्य स्थानमा रहेको यस आधुनिक शोरूममा आवासीय र व्यावसायिक प्रयोजनका लागि उपयुक्त ३ हजारभन्दा बढी डिजाइनका टायलहरू प्रदर्शनीमा राखिएका छन्। ग्राहकले यहाँ कजारियाका प्रिमियम संग्रहहरू व्यवस्थित रूपमा अवलोकन गरी खरिद गर्न पाउनेछन् ।
नेपालभर १०० भन्दा बढी शोरूमको सञ्जाल विस्तार गरिसकेको कजारियाले नेपालमै देशकै सबैभन्दा ठूलो टायल उद्योग सञ्चालन गर्दै आएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण