नेपालको तेस्रो हार, भारत एसँग ७ विकेटले पराजित
सारांश
- थाइल्याण्डमा भएको महिला एसिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित भयो।
- नेपालले प्रस्तुत गरेको ७९ रनको लक्ष्य भारतले ७.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
- नेपालका लागि सम्झना कुमारीले २२ रन बनाइन् भने भारतका लागि वृन्दा दिनेशले सर्वाधिक ३९ रन बनाइन्।
बैंकक । थाइल्याण्ड डीपी वर्ल्ड महिला एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । मंगलबार टेर्डथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपाल भारत एसँग ७ विकेटले पराजित भएको हो ।
समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान एसँग ३० रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा नेपाल यूएईसँग १८ रनले हारेको थियो ।
आजको खेलमा भारतले नेपालले प्रस्तुत गरेको ७९ रनको लक्ष्य ७.५ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । टोलीको जितमा ओपनर वृन्दा दिनेशले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले १८ बलमा ९ चौका प्रहार गरिन् ।
तेजल हसाबनिसले १८ रन तथा अनुष्का शर्माले १० रन बनाए । नेपालका लागि मनिषा उपाध्याय, अनु कडायत र सीता रानामगरले १–१ विकेट हात पारे ।
यसअघि, पहिलो ब्याटिङ गरेको नेपालले निराशाजनक ब्याटिङ प्रदर्शन गरेको थियो । ओपनर सम्झना कुमारीले सर्वाधिक २२ रनको योगदान दिइन् । उनले १६ बलमा ४ चौका हिर्काइन् ।

विकेटकिपर रुवी पोद्दार र कविता जोशीले समान १२–१२ रन बनाइन् । विन्दु रावलले ११ तथा कप्तान पूजा महतोले १० रन जोडिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपाललाई सस्तोमा समेट्न भारतकी तनुजा कनवरले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिइन् । मिन्नु मानीले ३ तथा राधा यादवले २ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण