मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

रुस्लानले ल्यायो नयाँ पीच आइस टी आरटीडी

मङ्गलबार, ०५ फागुन २०८२, १२ : ०९
मङ्गलबार, ०५ फागुन २०८२

काठमाडौँ । जावलाखेल डिस्टिलरी प्रा.लि.ले नेपालको रेडी-टु-ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ उत्पादन रुस्लान-रिफ्रेसिङ अल्कोहोलिक पेय सार्वजनिक गरेको छ। नेपाली अल्कोहोल बजारमा पहिलोपटक पीच आइस टीको स्वादमा ल्याइएको यो पेयले नयाँ अनुभव खोज्ने युवापुस्तालाई आकर्षित गर्ने लक्ष्य राखेको छ। 

५ प्रतिशत अल्कोहोलको मात्रा रहेको यो उत्पादन विशेषगरी आफ्नै शैली स्थापित गर्न चाहने र आत्मविश्वासिलो पुस्तालाई ध्यानमा राखेर तयार पारिएको कम्पनीले जनाएको छ।

विश्वभर लोकप्रिय रहेको सफ्ट पेय 'पीच आइस टी' लाई अल्कोहोलिक स्वरूपमा प्रस्तुत गर्दै कम्पनीले आधुनिक जीवनशैली सुहाउँदो पेय पस्किएको हो। सन्तुलित अल्कोहोलको मात्रा र परिचित स्वादको मिश्रणले नेपालमा आरटीडी पेयको नयाँ अध्याय सुरु हुने कम्पनीको विश्वास छ। 

आकर्षक २७५ मिलिलिटरको क्यानमा उपलब्ध यो पेय हाल काठमाडौँका सीमित पसलहरूमा बिक्रीका लागि राखिएको छ। उपभोक्ताले यसलाई प्रतिक्यान २२५ रुपैयाँमा खरिद गर्न सक्नेछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप