सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पार्टी विरुद्ध सञ्चार माध्यमले गलत सूचना सम्प्रेषण गरेकोमा नेकपाको आपत्ति

मङ्गलबार, ०५ फागुन २०८२, १४ : ३७
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • नेकपाले निर्वाचन आचारसंहिता उल्लंघनका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
  • पार्टीलाई अवमूल्यन गर्ने प्रयास भइरहेको भन्दै नेकपाले आपत्ति जनाएको छ।
  • नेकपाले सञ्चारमाध्यमलाई आचारसंहिता पालना गर्न र प्रेस काउन्सिललाई अनुगमन गर्न आग्रह गरेको छ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले निर्वाचन आचारसंहिता उल्लंघनको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पत्रकार सम्मेलन गरी नेकपाले ध्यानाकर्षण भएको जनाएको हो । 

केही सञ्चार माध्यमले पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक सूचना फैलाएर पार्टीलाई अवमूल्यन गर्ने प्रयास भइरहेको बताएको छ । यस प्रकारका गतिविधिलाई लिएर नेकपाले कडा आपत्ति जनाएको छ । 

‘निर्वाचन आचारसंहिता उल्लङ्घन हुने विभिन्न प्रकारका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।  केही सीमित सञ्चारमाध्यमहरू पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैलाएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेका छन्। यस प्रकारका गतिविधिप्रति हाम्रो पार्टी कडा आपत्ति जनाउँछ’,नेकपाले पत्रकार सम्मेलनमा भनेको छ ।  

सबै सञ्चारमाध्यमलाई पत्रकारिताको मूल्यमान्यता, मर्यादा तथा नैतिकता पालना गर्न हुन र निर्वाचन आयोगद्वारा तोकिएको आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

साथै नेपाल प्रेस काउन्सिललाई समेत आचारसंहिताको निष्पक्ष रूपमा कडाइका साथ अनुगमन गर्न अपिल गरेको छ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप