मापसे गरेर स्कुल बस चलाउने ५ चालक समातिए
कास्की । पोखराका विभिन्न विद्यालयका ५ जना बस चालक मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाइरहेको अवस्थामा पक्राउ परेका छन् ।
स्कुल बसका चालकहरूले रक्सी खाएर गाडी चलाउने गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरीको संयुक्त टोलीले मंगलाबर बिहानैदेखि चलाएको विशेष चेकिङका क्रममा उनीहरू समातिएका हुन्।
प्रहरीले बिहान ४ बजेदेखि सुरु गरेको जाँचका क्रममा रत्न ज्योति बोर्डिङ स्कुलका चालक गोविन्द क्षेत्री, केईएफ सेकेन्डरी स्कुलका सर्वजित रेग्मी र गुरुकुल विद्यासदनका दल बहादुर सुनार मापसे गरेको अवस्थामा फेला परेका हुन् । यस्तै, इमानुयल बोर्डिङका चालक मन बहादुर तामाङ र गण्डकी बोर्डिङका रोनिश खनालले पनि रक्सी खाएर स्कुल बस चलाएको प्रहरीले पुष्टि गरेको छ ।
कलिला विद्यार्थी बोक्ने जिम्मेवारी पाएका चालकहरू नै नसामा लठ्ठ भएर सवारी चलाउनुले दुर्घटनाको जोखिम बढाएको प्रहरीको ठहर छ। पक्राउ परेका पाँचै जना चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण