मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाँकेमा निर्वाचन आचारसंहिताको धज्जी उडाइँदै, कारबाही गर्न अधिकारकर्मीको माग

मङ्गलबार, ०५ फागुन २०८२, १९ : ०२
मङ्गलबार, ०५ फागुन २०८२

नेपालगञ्ज । निर्वाचनको मिति नजिकिएसँगै बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेपछि स्थानीय अधिकारकर्मी र नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् ।

उम्मेदवार, राजनीतिक दल र कार्यकर्ताहरूले आचारसंहिताको खुलमखुला उल्लंघन गरिरहेको भन्दै उनीहरूले निर्वाचन आयोगलाई नियमनमा कडाइ गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । 

बाँकेमा अहिलेसम्म डेढ दर्जनभन्दा बढी आचारसंहिता उल्लंघनका घटना भइसकेका बताइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका कुमारी अधिकारीले बढ्दो उल्लंघनका घटनाले निर्वाचनलाई भद्रगोल बनाउँदै लगेको टिप्पणी गरेकी छिन्। उनले आचारसंहिता विपरीतका कार्य रोक्न आयोगले विशेष चासो दिनुपर्नेमा जोड दिइन् । 

त्यस्तै, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रयोगमार्फत उम्मेदवारको पक्ष–विपक्षमा समाचार र सामग्री सम्प्रेषण भइरहेको भन्दै यस्ता कार्य तत्काल रोक्न जरुरी रहेको बताए । 

अधिकारकर्मी तथा अधिवक्ता बसन्त गौतमले आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन् ।

यता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सञ्चारकर्मीहरूले कुनै पनि उम्मेदवारको पक्षमा समाचार लेख्न नहुने भन्दै त्यस्ता साथीहरूलाई मर्यादित हुन सम्झाउने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप