एन्फा निर्वाचनका लागि ‘बी’ डिभिजनका ११ क्लब छानिए
मङ्गलबार, ०५ फागुन २०८२, १९ : ०७
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आगामी नियमित साधारण सभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि मताधिकार प्रयोग गर्ने ११ वटा ’बी’ डिभिजन क्लबहरूको टुङ्गो लागेको छ। मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमार्फत यी क्लबहरू प्रतिनिधि छनोट भएका हुन् ।
एन्फाको निर्वाचनमा ’बी’ डिभिजनबाट सहभागी हुने क्लबहरू छनोट गर्न मतदान प्रक्रिया अपनाइएको थियो। छनोट हुने क्लबहरूमा आरसीटी, च्यासल युथ क्लब, झापा फुटबल क्लब र बाँसबारी क्लब रहेका छन् ।
त्यस्तै वीरगन्ज युनाइटेड, ब्रिगेड व्वाइज क्लब, व्वाइज युनियन क्लब र मध्यपुर युथ एशोसियसनले पनि मताधिकार पाएका छन् । यसैगरी सरस्वती युथ क्लब, आरसी ३२ फुटबल क्लब र बाग्मती युथ क्लब पनि निर्वाचनमा सहभागी हुने क्लबको रूपमा छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण