क्यासिनो लुटमा संलग्न दावा शेर्पासहित १० जनालाई थुनामा पठाउन आदेश
सारांश
- बौद्धस्थित हायात रिजेन्सी क्यासिनोमा लुटपाट गर्ने १० जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
- भदौ २४ गते क्यासिनोबाट करिब १४ करोड लुटेको आरोपमा दावा शेर्पा, रञ्जित खड्गीसहितका व्यक्ति पक्राउ परेका थिए।
- जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि उनीहरूलाई आपराधिक उपद्रव र डाँकाचोरी मुद्दामा अभियोजन गरिएको थियो।
काठमाडौँ । काठमाडौँको बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित क्यासिनो प्राइडमा लुटपाट गर्नेहरूलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।
मंगलबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतले मुख्य प्रतिवादीहरू दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पा सहित १० जनालाई पुर्पक्षको लागी थुनामा पठाउन आदेश गरेको हो ।
जेनजी प्रदर्शन हुँदा भदौ २४ मा उनीहरुले क्यासिनोबाट करिब १४ करोड लुटेको आरोप छ । सो प्रकरणमा दावा शेर्पा, रञ्जित खड्गी, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, करण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ पक्राउ परेका थिए । पक्राउ गरेका १० जना प्रतिवादीलाई अदालतले पुर्पक्षको लागी थुनामा पठाउन आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उनीहरू विरुद्ध आपराधिक उपद्रव र डाँकाचोरी मुद्दामा अभियोजन गरेको थियो । प्रहरीले उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि लैजाने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण