स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित: प्रचण्ड र गगन थापाद्वारा बधाई
सारांश
- स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जितपछि राजनीतिक दलका नेताहरूले बधाई दिएका छन्।
- प्रचण्डले फेसबुकमार्फत बधाई दिँदै जितले गर्व महसुस गराएको बताए।
- नेपाली कांग्रेसका सभापति गगन थापाले पनि नेपाली टोलीलाई शुभकामना दिएका छन्।
काठमाडौँ । स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जितपछि प्रमुख राजनीतिक दलका नेताहरूले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि यस शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको बताएका छन् ।
उनले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहन शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेसका सभापति गगन थापाले पनि नेपाली टोलीलाई ">शुभकामना दिएका छन् ।
१२ वर्षपछि नेपालले विश्वकपमा जितको खडेरी तोड्दै मंगलबार नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार स्कटल्यान्डमाथि ७ विकेटले जित हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण