'बिगुल'पछि चलचित्र 'श्री बुकुरो'को पनि प्रदर्शन स्थगित
काठमाडौँ । नेपाली कथानक चलचित्र ‘श्री बुकुरो’ को प्रदर्शन स्थगित गरिएको छ। वितरक कम्पनी नेशनल सिने ग्रुप नेपालले एक विज्ञप्ति जारी गर्दै देशको वर्तमान राजनैतिक परिस्थितिका कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको जनाएको हो।
गत शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र अब नयाँ वर्ष २०८३ साल वैशाख १८ गतेदेखि पुनः नेपालभर प्रदर्शनमा आउने भएको छ। नेशनल सिने ग्रुपका अध्यक्ष दीपक दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,'देशको वर्तमान राजनैतिक परिस्थितिलाई मध्यनजर गर्दै निर्माता पक्षको निर्णय अनुसार उक्त चलचित्रको प्रदर्शन मिति २०८२ साल फागुन ६ गतेदेखि स्थगित गरिएको जानकारी गराइन्छ।'
विज्ञप्तिमा ‘श्री बुकुरो’ लाई देश, समाज, परिवार, घर र मनलाई जोड्ने भावनात्मक कथामा आधारित चलचित्र भनिएको छ।
निर्माण पक्षले प्रदर्शन मिति सर्दा दर्शक, चलचित्र प्रदर्शक तथा सम्बन्धित सबै पक्षलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ। साथै, आगामी वैशाख १८ गते अझ व्यापक प्रचार–प्रसार र भव्य प्रस्तुतिका साथ चलचित्र दर्शकमाझ ल्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यसअघि प्रदर्शनरत चलचित्र ‘बिगुल’ले पनि राजनीतिक कारण भन्दै प्रदर्शन स्थगित गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण