स्पेनको एक अपार्टमेण्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु
बुधबार, ०६ फागुन २०८२, १० : ३५
स्पेन । उत्तर–पूर्वी स्पेनमा एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।
क्याटालान क्षेत्रीय वारुण यन्त्र सेवाले जारी गरेको विज्ञप्तिअनुसार बार्सिलोना प्रान्तको मान्लेउ शहरस्थित एक पाँच तले आवासीय भवनमा अचानक आगलागी भएको थियो । अग्निनियन्त्रक टोलीले करिव आधा घण्टामा आगो निभाए पनि भवनको छतमा पाँच जना मृत अवस्थामा फेला परेका थिए । अन्य चार जनालाई सामान्य चोट लागेको छ ।
स्थानीय गस्ती टोलीको सहयोगमा प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ । अधिकारीहरूका अनुसार हाल मृतकहरूको पहिचान गर्ने कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण