अफगानिस्तानमा पाँच महिनामा २७ टनभन्दा बढी लागुऔषध नष्ट
बुधबार, ०६ फागुन २०८२, २२ : २२
सारांश
- कान्दाहारमा पाँच महिनामा २७ टनभन्दा बढी लागुऔषध नष्ट गरियो।
- नष्ट गरिएका लागुऔषधमा अफिम, मेथाम्फेटामाइन, गाँजा, हेरोइन लगायत थिए।
- अर्घान्दब जिल्लाको तोरा क्षेत्रमा समितिको सुपरिवेक्षणमा विनाश भयो।
काठमाडौँ । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विगत पाँच महिनाको अवधिमा २७ टनभन्दा बढी लागुऔषध नष्ट गरिएको अधिकारीहरूले बुधबार बताएका छन् ।
प्रान्तीय प्रहरीका प्रवक्ता मुल्ला असदुल्लाह जमसिदका अनुसार जफत गरिएका लागुऔषधहरूमा दुई हजार ७६६ किलोग्राम अफिम, नौ हजार ६६४ किलोग्राम मेथाम्फेटामाइन, ९९३ किलोग्राम गाँजा, एक किलो हेरोइन र अन्य अवैध लागूपदार्थमा प्रयोग हुने सय किलोग्राम कच्चा पदार्थ रहेका छन् ।
वरिष्ठ प्रान्तीय विभागहरूको प्रतिनिधित्व गर्ने समितिको सुपरिवेक्षणमा अर्घान्दब जिल्लाको तोरा क्षेत्रमा विनाश भएको थियो।
यसअघि प्रान्तको एन्टी नार्कोटिक्स युनिट’ले सोही निर्देशनमा थप ४७ हजार किलोग्राम विभिन्न लागुऔषध नष्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण