हिमपहिरोमा परेर क्यालिफोनिर्यामा ८ स्किरयरको निधन
सारांश
- क्यालिफोर्नियाको लेक टाहो क्षेत्रमा आएको हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ।
- हिमपहिरोमा बेपत्ता भएका १५ मध्ये ६ जनालाई जीवितै उद्धार गरिएको छ, भने एक जना अझै बेपत्ता छन्।
- खोज तथा उद्धार टोलीले बुधबारसम्म आठ जनाको शव फेला पारेको र घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।
वासिङटन डीसी । क्यालिफोर्नियाको लेक टाहो क्षेत्रअन्तर्गत क्यासल पिक आसपास आएको भीषण हिमपहिरोमा परी आठ स्कियरको मृत्यु भएको पुष्टि भएको छ । मंगलबार बिहान करिब ११ः३० बजे ‘फुटबल मैदान’ जत्रो आकारको हिमपहिरो खसेपछि १५ जना बेपत्ता भएका थिए ।
खोज तथा उद्धार टोलीले बुधबारसम्म लेक टाहो क्षेत्रको दुर्गम भूभागमा आठ जनाको शव फेला पारेको नेभाडा काउन्टी शेरिफ श्यानन मुनले जानकारी दिएकी छिन् । अझै एक जना बेपत्ता रहेको र उनलाई मृत मानिएको बताइएको छ ।
हिमपहिरोपछि क्षेत्रमा अरू ३ फिटसम्म हिउँ परेकाले उद्धार कार्य अत्यन्त कठिन बनेको अधिकारीहरूले बताएका छन् । मौसमको अवस्था डरलाग्दो रहेको र जोखिम अझै उच्च रहेको बताइएको छ । यस घटनामा १५ मध्ये ६ जनालाई जीवित उद्धार गरिएको छ ।
घाइते दुई जनालाई हिँड्न नसक्ने अवस्थामा अस्पताल लगिएको छ । यिनीहरूको अवस्था खतरामुक्त रहेको छ । मृतकमध्ये एक जना उद्धार टोलीकै सदस्यका जीवनसाथी भएको बताइएको छ । सो टोलीमा ११ जना स्कियर र ४ जना गाइड थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
-
विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण