मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्लाको धौलापानीमा जिप दुर्घटना: ७ जना घाइते

बिहीबार, ०७ फागुन २०८२, १३ : ४८
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • जुम्लाको तातोपानी गाउँपालिकामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
  • दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको र घाइतेको सशस्त्र प्रहरीले उद्धार गरेको थियो।
  • तीव्र गतिका कारण जिप दुर्घटना भएको अनुमान गरिएको छ र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा बिहीबार दिउँसो एउटा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। 

जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको उक्त जिप दिउँसो १२:०५ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

दुर्घटना लगतै निर्वाचन सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा घाइतेहरूको उद्धार गरेको हो। फागुन २१ गते हुन लागेको निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू घटनास्थलमा तत्काल पुगेका कारण उद्धार कार्य छिटो हुन सकेको थियो।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार घाइतेहरूलाई थप उपचारका लागि तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ। तीव्र गतिका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप