सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

धनुषामा १५८ मध्ये ४३ उम्मेदवारले मात्र खोले बैंक खाता

बिहीबार, ०७ फागुन २०८२, २२ : ३४
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • धनुषामा आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका १५८ उम्मेदवारमध्ये ४३ जनाले मात्र बैंक खाता खोलेका छन्।
  • निर्वाचन आयोगले उम्मेदवारलाई चुनावी खर्च बैंकमार्फत गर्न निर्देशन दिएको छ र २५ हजारभन्दा बढीको कारोबार बैंकबाटै गर्नुपर्नेछ।
  • अधिकांश उम्मेदवारले बैंक खाता नखोल्दा खर्च व्यवस्थापन र पारदर्शितामाथि प्रश्न उठेको छ।

जनकपुरधाम । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा जिल्लामा मनोनयन दर्ता गराएका १५८ उम्मेदवारमध्ये हालसम्म ४३ जनाले मात्र बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारलाई चुनावी खर्च बैंक मार्फत गर्न निर्देशन दिएको छ । आयोगको व्यवस्थाअनुसार २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने हुन्छ । बैंक खाता नखोली गरिएको खर्चलाई आयोगले मान्यता नदिने स्पष्ट पारेको छ ।

धनुषा क्षेत्र नम्बर ३ मा ४५, क्षेत्र नम्बर १ मा ४२, क्षेत्र नम्बर ४ मा ३७ र क्षेत्र नम्बर २ मा ३४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । तर तीमध्ये हालसम्म ४३ जनाले मात्र बैंक खाता खोल्ने सिफारिस लिएको जानकारी जिल्ला निर्वाचन कार्यालय धनुषाका सूचना अधिकारी कृष्णकुमार राउतले दिए ।

निर्वाचन नजिकिँदै जाँदा पनि अधिकांश उम्मेदवारले बैंक खाता नखोल्नुले खर्च व्यवस्थापन र पारदर्शितामाथि प्रश्न उठ्न सक्ने  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप