धनुषामा १५८ मध्ये ४३ उम्मेदवारले मात्र खोले बैंक खाता
सारांश
- धनुषामा आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका १५८ उम्मेदवारमध्ये ४३ जनाले मात्र बैंक खाता खोलेका छन्।
- निर्वाचन आयोगले उम्मेदवारलाई चुनावी खर्च बैंकमार्फत गर्न निर्देशन दिएको छ र २५ हजारभन्दा बढीको कारोबार बैंकबाटै गर्नुपर्नेछ।
- अधिकांश उम्मेदवारले बैंक खाता नखोल्दा खर्च व्यवस्थापन र पारदर्शितामाथि प्रश्न उठेको छ।
जनकपुरधाम । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा जिल्लामा मनोनयन दर्ता गराएका १५८ उम्मेदवारमध्ये हालसम्म ४३ जनाले मात्र बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारलाई चुनावी खर्च बैंक मार्फत गर्न निर्देशन दिएको छ । आयोगको व्यवस्थाअनुसार २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने हुन्छ । बैंक खाता नखोली गरिएको खर्चलाई आयोगले मान्यता नदिने स्पष्ट पारेको छ ।
धनुषा क्षेत्र नम्बर ३ मा ४५, क्षेत्र नम्बर १ मा ४२, क्षेत्र नम्बर ४ मा ३७ र क्षेत्र नम्बर २ मा ३४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । तर तीमध्ये हालसम्म ४३ जनाले मात्र बैंक खाता खोल्ने सिफारिस लिएको जानकारी जिल्ला निर्वाचन कार्यालय धनुषाका सूचना अधिकारी कृष्णकुमार राउतले दिए ।
निर्वाचन नजिकिँदै जाँदा पनि अधिकांश उम्मेदवारले बैंक खाता नखोल्नुले खर्च व्यवस्थापन र पारदर्शितामाथि प्रश्न उठ्न सक्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण