टी–२० विश्वकप
टी–२० विश्वकप: क्यानडाविरुद्ध अफगानिस्तान ८२ रनले विजयी
बिहीबार, ०७ फागुन २०८२, २२ : ४८
सारांश
- चेन्नईमा भएको टी-२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले पराजित गर्यो।
- अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २०० रन बनायो।
- क्यानडाले जवाफमा ८ विकेट गुमाएर ११८ रन मात्र बनायो।
काठमाडौँ । बिहीबार भारतको चेन्नचईमा सम्पन्न टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले क्यानडालाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०० रनको विशाल योगफल खडा गरेको थियो ।
अफगानिस्तानको इनिङ्समा उत्कृष्ट प्रदर्शन गर्दै इब्राहिम जाद्रानले अविजित ९५ रन बनाए । त्यस्तै, सेदिकुल्लाह अटलले ४४ रन र रहमानुल्लाह गुर्बाजले ३० रनको महत्त्वपूर्ण योगदान दिए ।
जवाफमा क्यानडाले आफ्नो २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र ११८ रन बनाउन सक्यो । क्यानडाको ब्याटिङतर्फ हर्ष थाकरले ३० रन बनाउँदा, साद बिन जाफरले २८ रन र युवराज सामराले १७ रन बनाए ।
यससँगै अफगानिस्तानले खेल ८२ रनले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण