निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम
काठमाडाैँ । नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा महासङ्घले पत्रकारलाई आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण तथा पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिएको छ । कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा जानकी तुलाधरले आयोग प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभइ सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताइन् । उनले निर्वाचनका क्रममा पत्रकारको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने उल्लेख गर्दै सत्य, पुष्टि गरिएका तथा सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरिन् ।
“स्वतन्त्र र जिम्मेवार पत्रकारिताले मात्र स्वच्छ र निष्पक्ष निर्वाचनलाई सुदृढ बनाउन सक्छ,” आयुक्त डा तुलाधरले भनिन् ।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले निर्वाचनअघि आयोजना गरिएको यस्तो कार्यक्रमले पत्रकारको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्टता ल्याउने विश्वास व्यक्त गरिन् । उनले पत्रकारलाई भयरहित वातावरणमा सूचना सङ्कलन र समाचार सम्प्रेषण गर्न सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरिन्।
नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले उपत्यकामा कार्यरत पत्रकारका लागि निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । साथै शनिबारदेखि सातै प्रदेशमा समेत यस्ता कार्यक्रम विस्तार गरिने उनले बताए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनका बेला निष्पक्षता, व्यावसायिकता र आचारसंहिताको पूर्ण पालना गर्दै विश्वसनीय पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण