शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रहस्यमय दाताद्वारा ओसाका सहरलाई ३६ लाख डलरको सुन दान

शुक्रबार, ०८ फागुन २०८२, १२ : ४७
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • ओसाका शहरले जीर्ण जल प्रणाली मर्मतका लागि एक अज्ञात दाताबाट ठुलो सहयोग प्राप्त गरेको छ, जसमा २१ किलोग्राम सुन दान गरिएको छ।
  • मेयर हिदेयुकी योकोयामाले उक्त सहयोगबारे जानकारी दिँदै दाताले आफ्नो पहिचान गोप्य राख्न चाहेको बताए।
  • यो सहयोगले ओसाकाको पुरानो पानी तथा ढल प्रणालीको मर्मतमा ठूलो राहत पुग्ने मेयरको भनाइ छ।

ओसाका । जापानको ओसाका शहरले जीर्ण हुँदै गइरहेको स्थानीय जल प्रणाली मर्मत गर्न एक जना रहस्यमय दाताबाट ठुलो सहयोग प्राप्त गरेको छ । ओसाका महानगरपालिकाका अनुसार अज्ञात व्यक्तिले २१ किलोग्राम सुन दान गरेका छन् । यो भनेको झन्डै ५६ करोड येन (३६ लाख अमेरिकी डलर) बराबर हो ।

ओसाकाका मेयर हिदेयुकी योकोयामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त दानबारे जानकारी दिएका हुन् । उनका अनुसार दाताले आफ्नो पहिचान गोप्य राख्न आग्रह गरेका छन् । करिब ३० लाख जनसङ्ख्या रहेको ओसाका जापानको कान्साइ क्षेत्रमा पर्ने प्रमुख व्यावसायिक केन्द्र र देशको तेस्रो ठुलो सहर हो । जापानका धेरै शहरझैँ ओसाकामा पुरानो बन्दै गएका पानी तथा ढलका पाइपहरू चिन्ताको विषय बन्दै गएको छ ।

सहरको वाटरवक्र्स ब्युरोका अनुसार सन २०२४ आर्थिक वर्षमा मात्रै सडक मुनि पानीको पाइप चुहावटका ९० भन्दा बढी घटना दर्ता भएका थिए । यति ठुलो सहयोग अत्यन्तै आश्चर्यजनक भएको मेयर योकोयामाले बताए । 

जल प्रणालीको मर्मतका लागि ठुलो लगानी आवश्यक पर्ने अवस्थामा यसले ठुलो राहत दिने उनले बताएका छन् । यही दाताले यसअघि पनि नगरपालिकाको जलसेवाका लागि ५ लाख येन नगद सहयोग गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप