पूर्वमन्त्री रामकुमार श्रेष्ठको भ्रष्टाचार मुद्दा 'हेर्न नमिल्ने' सूचीमा
सारांश
- पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा 'हेर्न नमिल्ने' सूचीमा राखिएको छ।
- गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उनी, श्रीमती र छोरा दोषी ठहर भएपछि सर्वोच्च पुगेका थिए।
- अख्तियारले श्रेष्ठले सार्वजनिक सेवामा रहँदा ४ करोड ४५ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबी गरेको थियो।
काठमाडौँ । पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा 'हेर्न नमिल्ने’ सूचीमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा रहेको सो मुद्दा शुक्रबार 'हेर्न नभ्याइने’मा राखिएको हो ।
गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री श्रेष्ठसहित उनकी श्रीमती सरस्वती र छोरा सरोजलाई विशेष अदालत काठमाडौँले दोषी ठहर गरेपछि सो उपर उनीहरू सर्वोच्च अदालत पुगेका थिए ।
पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालीन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए । श्रेष्ठलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका थिए ।
उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।
शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनी निजामती सेवाको शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव भएर अवकाश भएका थिए । अख्तियारले उनी मन्त्री भइसकेको अवधिलाई समेत आधार मानेर अनुसन्धान गरेको थियो ।
१५ फागुन २०७८ मा अख्तियारले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले सार्वजनिक सेवाको सुरुवातपछि सचिव हुँदासम्म र मन्त्री भएको बेलामा समेत गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो।
अख्तियारका अनुसार, २०२६ सालदेखि सरकारी सेवामा पुगेका उनले २०६४ माघमा अवकाश पाएका थिए । २०७० सालमा उनी फेरि चुनावी मन्त्रिपरिषद्को मन्त्री बनी सरकारी पदमा आए ।
सार्वजनिक सेवामा रहँदा उनले ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका थिए । तर छानबिन हुँदा उनको साथमा ११ करोड ३५ लाख रुपैयाँ सम्पत्ति भेटियो । अख्तियारले स्रोत नखुलेको भन्दै ४ करोड ४५ लाख रुपैयाँ बिगो माग दाबी गरेको थियो।
अख्तियारले उनको बैंकमा रहेको ६८ लाख ५० हजार, घरजग्गा लगायतको सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण