नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने
काठमाडौँ । नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग यही फागुन २६ गतेदेखि सुरु हुने भएको छ ।
नेबाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दोस्रो संस्करणको उक्त प्रतियोगिता यही फागुन २६ देखि आगामी चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने जानकारी दिइएको हो ।
३२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा पहिलो संस्करणमा च्याम्पियन बनेको टाइम्स इन्टरनेसनल कलेजसँगै उपविजेता गोल्डेनगेट इन्टरनेसनल कलेज, तेस्रो भएको हाउण्ड्स र चौथो भएको कीर्तिपुरसहित त्रिभुवन आर्मी क्लब, सोलो बास्केटबल, रोएल र प्लेबक्स एरेनाले प्रतिस्पर्धा गर्नेछन् ।
आर्मी, सोलो, रोएल र प्लेबक्स गत पुसमा भएको लिनिङ बास्केटबल प्रतियोगिताको शीर्ष चारमा रहेर दोस्रो संस्करणको नेसनल बास्केटबल लिगको लागि छनोट भएका हुन् । डबल राउन्ड रोबिन प्रणालीमा खेलाइने प्रतियोगितामा लिग चरणमा कूल ५६ खेल हुनेछन् । लिगमा शीर्ष चारमा रहने टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन् ।
त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने नेबाका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए। नेपाली बास्केटबलको व्यावसायिक संरचना विकास गर्नु र खेलाडीलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्यका साथ यो लिग आयोजना गर्न लागिएको उनले बताए।
प्रतियोगिताको विजेताले रु चार लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै ‘मोस्ट भ्यालुएबल प्लेअर’ (एमभिपी) घोषित हुनेलाई आकर्षक पुरस्कार राखिएको नेबाका अध्यक्ष गुरुङले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण