कैलाली–५ मा नेकपाका उम्मेदवार प्रेम आलेको के–के छन् प्रतिबद्धता ?
सारांश
- प्रेम बहादुर आलेले धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन्।
- उनले धनगढी विमानस्थलको धावनमार्ग विस्तार तथा त्रिदेशीय सडक निर्माणको पहल गर्ने बताए।
- आलेले डुबान समस्या समाधान गर्न तटबन्ध बनाउने र वनस्पति उद्यानको विकास गर्ने योजना प्रस्तुत गरे।
काठमाडौँ । कैलाली क्षेत्र नं. ५ बाट नेपाली कम्युनिस्ट पार्टी(नेकपा) को उम्मेदवार रहेका प्रेम बहादुर आलेले धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरी धनगढीलाई क्रिकेट हवको रूपमा विकास गर्ने प्रतिबद्धता गरेका छन् ।
आलेले धनगढी विमानस्थलको धावनमार्गलाई विस्तार गरी २५०० मिटर पुर्याउने पनि प्रतिबद्धता गरेका हुन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयलाई ३०० देखि ६०० शय्याको अस्पताललाई यथाशीघ्र सञ्चालन गरी एमबिबिएस अध्ययन अध्यापनको सुरुवात गराउने पनि उनको प्रतिबद्धता थियो । उनले सेती प्रादेशिक अस्पतालबाट विशिष्टीकृत सेवाहरू प्रदान गर्न सङ्घीय सरकार मातहत सञ्चालन गर्ने व्यवस्था मिलाइने बताइए ।
त्यस्तै, धनगढी–खुटीया–दिपायल–बझाङ चैनपुर हुँदै उरै भन्ज्याङ सम्मको नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय सडकलाई छिटो भन्दा छिटो सम्पन्न गराउन पहल गर्ने पनि उनको प्रतिबद्धता छ । मोहना, खुटीया, घुरही, घुराहा र शिवगंगा नदी किनारका खेती योग्य जमिन तथा बस्तीहरूलाई सुरक्षित बनाउन दिर्घकालिन तटबन्ध निर्माण गरी धनगढी क्षेत्रको डुबान समस्याको समाधान गर्ने पनि उनको योजना छ ।
धनगढी वडा नं. ७ मा रहेको वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने बताइएको छ । धनगढी चटकपुरमा रहेको नेपाल आयल निगमको डिपोले मानव बस्तीको सुरक्षालाई उच्च जोखिममा पारेकोले सो स्थानबाट स्थानान्तरण गरी सुरक्षित स्थानमा राख्न पहल गरिने पनि प्रतिबद्धता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण