विजय र रश्मिकाको विवाह पक्का, उदयपुरमा तयारी
सारांश
- दक्षिण भारतीय जोडी विजय देवरकोण्डा र रश्मिका मन्धाना विवाह बन्धनमा बाँधिने चर्चा छ, उदयपुरमा विवाह हुने कुरा छ।
- उनीहरू हैदराबाद विमानस्थलबाट उदयपुर जाँदा क्यामरामा कैद भए, रश्मिकाले 'धन्यवाद' भन्दै विवाहको कुरालाई बल पुर्याइन्।
- विवाह उदयपुरको आईटीसी मोमेन्टोज होटलमा हुने, जहाँ २३० जना पाहुना आउनेछन्, र हैदराबादमा रिसेप्सन पार्टी हुनेछ।
राजस्थान । दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका मन्धाना यतिबेला आफ्नो विवाहको खबरले सामाजिक सञ्जालमा छाइरहेका छन्। उनीहरू आगामी फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा वैवाहिक बन्धनमा बाँधिने चर्चा चुलिएको छ।
यसैबिच यो जोडी हैदराबाद विमानस्थलबाट उदयपुरका लागि प्रस्थान गर्दा क्यामरामा कैद भएका छन्। विमानस्थलमा रश्मिकाको निधारमा टीका देखिएको थियो भने उनले मास्क र चस्माले अनुहार छोप्ने प्रयास गरेकी थिइन्।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले पत्रकार सुभाष के. झालाई उद्धृत गर्दै यो विवाहको पुष्टि गरेको छ। पत्रकार झाले रश्मिकालाई अनलाइन सन्देशमार्फत वैवाहिक बधाई दिँदा उनले अस्वीकार गर्नुको सट्टा ‘धन्यवाद’ भनेर जवाफ दिएकी थिइन्। यसले उनीहरू विवाह गर्न लागेको कुरालाई थप बल पुर्याएको छ।
साथै, सामाजिक सञ्जालमा भाइरल भएको विवाहको कार्डमा परिवारको आशीर्वादका साथ फेब्रुअरी २६ मा निजी समारोहका बिच विवाह हुने उल्लेख छ।
विवाहका लागि उदयपुरको विलासी 'आईटीसी मोमेन्टोज' होटल बुक गरिएको छ। फेब्रुअरी २४ देखि २६ सम्मका लागि होटलका सबै ११७ वटा कोठाहरू पाहुनाका लागि आरक्षित गरिएका छन्। विवाहमा करिब २३० जना विशेष पाहुनाहरू सहभागी हुनेछन्।
विवाहको वातावरणलाई साङ्गीतिक बनाउन दिल्लीको एक चर्चित व्याण्डलाई बोलाइएको छ भने विवाहको सम्पूर्ण व्यवस्थापन हैदराबादका कहलिएका वेडिङ प्लानरले गरिरहेका छन्। विजयको हैदराबादस्थित घरलाई पनि बेहुली झैँ झिलिमिली बत्तीले सजाइएको भिडियो सार्वजनिक भइसकेको छ।
विवाह समारोहलाई निकै निजी र गोप्य राख्नका लागि ‘नो फोन पोलिसी’ लागू गरिएको छ। भित्रका तस्विरहरू सार्वजनिक नहोउन् भन्नका लागि ठुलो सुरक्षा एजेन्सी समेत परिचालन गरिएको छ।
उदयपुरमा विवाह सकिएपछि यो जोडीले मार्च ३ वा ४ तारिखमा हैदराबादको बन्जारा हिल्समा भव्य रिसेप्सन पार्टी दिने योजना बनाएका छन्, जहाँ चलचित्र क्षेत्रका दिग्गज हस्तीहरूको जमघट हुनेछ।
गत अक्टोबर ३ मा हैदराबादमा सुटुक्क इन्गेजमेन्ट गरेको यो जोडीले अहिलेसम्म आधिकारिक रूपमा भने मुख खोलेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण