युक्रेनमा शान्तिको प्रयास 'स्थगित गर्न सकिँदैन’
काठमाडाैँ । युक्रेनमा शान्ति स्थापनाको प्रयास कुनै पनि मूल्यमा स्थगित गर्न नहुने क्रिश्चियन धर्मगुरू (पोप) ले आइतबार बताएका छन्। पोप लियो चौधौँले युक्रेनमा शान्ति ‘तत्काल आवश्यकता’ भएको र यसलाई कुनै पनि शर्तमा स्थगित गर्ने बताएका हुन् ।
उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई आफ्नो नियमित सम्बोधनका क्रममा भने,'शान्ति प्रयासलाई स्थगित गर्न मिल्दैन । यो एक अनिवार्य आवश्यकता हो । यसका लागि विश्व समुदायले हृदयदेखि नै लाग्नुपपर्छ र जिम्मेवार निर्णयहरूमा रूपान्तर गर्नुपर्दछ।'
अमेरिकामा जन्मेका पोपले थपे, 'हतियारहरू शान्त हुनुपर्छ, बमबारी रोकिनुपर्छ र विलम्ब नगरी युद्धविराम गरिनुपर्छ र शान्तिको बाटो खोल्न संवादलाई बलियो बनाउनुपर्छ । युक्रनमा शान्तिको पहललाई नरोक्न म दृढतापूर्वक आग्रह गर्दछु ।'
युक्रेनले सन् २०२२ फेब्रुअरी २४ मा रूसको आक्रमणको चार वर्ष पूरा गर्नेछ । युद्धले शहरहरू तहसनहस पारेको छ, लाखौँलाई विस्थापित गरेको छ भने दुबै पक्षका गरी ठूलो सङ्ख्याको ज्यान लिएको छ।
मस्कोले युक्रेनी क्षेत्रको पाँच भागको एक भाग ओगटेको छ र विशेष गरी पूर्वी डोनबास क्षेत्रमा बन्दोबस्तीलगायतका सामानमा ठूलो क्षति पुगेको छ ।
उक्त क्षेत्रमा रूसी फौजले युक्रेनी प्रतिकारका बाबजुद पनि अगाडि बढिरहेको छ।
संयुक्त राज्य अमेरिकाले दुबै पक्षलाई युद्ध अन्त्य गर्न दबाब दिइरहेको छ, हालैका हप्ताहरूमा अमेरिकी मध्यस्थतामा धेरै चरणको वार्ता चलेको र संवादले सकारात्मक नतिजा दिने आशा सिर्जना गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण