शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बाँकेमा नमूना मतदान अभ्यास

आइतबार, १० फागुन २०८२, २२ : ४६
आइतबार, १० फागुन २०८२

सारांश

  • बाँकेमा प्रतिनिधिसभा निर्वाचन २०८२ को लागि नमूना मतदान अभ्यास गरियो।
  • जिल्ला निर्वाचन अधिकारीका अनुसार, यसले निर्वाचनलाई निष्पक्ष बनाउन मद्दत गर्छ।
  • १६० अधिकृतलाई प्रशिक्षण दिइयो र अभ्यास फागुन १४ गतेसम्म जारी रहनेछ।

नेपालगञ्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै जाँदा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागितामा आज मतदान अभ्यास गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन नमूना मतदान अभ्यासले सघाउ पुर्‍याउने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताए । निर्वाचन प्रक्रियामा त्रुटि हुन नदिन सहयोग पुग्ने उल्लेख गर्दै उनले विभिन्न मतदान केन्द्रमा निर्वाचन सुरु हुँदादेखि अन्त्यसम्मको प्रक्रियाबारे मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई जानकारी हुने उल्लेख गरे ।

शान्ति पूर्ण रूपमा निष्पक्ष निर्वाचन गराउन अपनाइने तरिकाबारे जानकारी दिनु नमूना मतदान अभ्यासको उद्देश्य रहेको शाहीको भनाइ छ ।

यहाँ एक सय ६० मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको र चरण चरणमा सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई पुनः नमूना मतदान अभ्यासद्वारा प्रशिक्षित गराइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले मतदान अभ्यास प्रक्रियामा सहजीकरण गर्नुभएको थियो । यस्तो अभ्यास तथा प्रशिक्षण फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप