बङ्गलादेश दूतावासमा मनाइयो अन्तर्राष्ट्रिय मातृभाषा दिवस
सारांश
- बंगलादेश दूतावासमा शहीद दिवस र मातृभाषा दिवस विभिन्न कार्यक्रमका साथ मनाइयो।
- कार्यक्रममा राजदूत, कूटनीतिज्ञ, र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
- अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन बंगलादेशको भूमिकाको प्रशंसा गरियो।
काठमाडौँ । यहाँ स्थित बङ्गलादेशको दूतावासमा शहीद दिवस तथा अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सो अवसरमा दूतावास परिसरमा आइतबार विचार–गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विश्वका विभिन्न क्षेत्रको भाषिक विविधता र सांस्कृतिक सम्पदालाई झल्काउने प्रस्तुति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा काठमाडौँस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, सार्क सचिवालयका प्रतिनिधि, इसिमोडका पदाधिकारी, भाषाविद्, शिक्षाविद्, बङ्गलादेश विमानका अधिकारी, बङ्गलादेश क्लब, नेपाल–बङ्गलादेश मैत्री सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाली व्यवसायी तथा नेपालस्थित बङ्गलादेशी समुदायका सदस्यहरूको उपस्थिति थियो ।
कार्यक्रमका क्रममा नेपालस्थित कूटनीतिक समुदायले दूतावास परिसरमा स्थापित शहीद मिनारमा पुष्पचक्र अर्पण गरेका थिए । यस विशेष अवसरमा बङ्गलादेशका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा परराष्ट्र राज्यमन्त्रीद्वारा जारी सन्देश दूतावासका अधिकारीहरूले वाचन गर्नुभएको थियो । सो अवसरमा बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले सन् १९५२ मा बाङ्ग्ला भाषाको सम्मान र संरक्षणका लागि बलिदान दिने भाषा शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे।
कार्यक्रममा नेपालस्थित विभिन्न मुलुकका राजदूत र निकायका प्रतिनिधिले अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई विश्वव्यापी रूपमा मनाउन बङ्गलादेशले निर्वाह गरेको नेतृत्वकारी भूमिकाको प्रशंसा गर्दै मातृभाषामा आधारित बहुभाषिक शिक्षाको महत्त्व र युवापुस्ताको भूमिकामाथि जोड दिएका थिए । विचार–गोष्ठीपछि बहुसांस्कृतिक साङ्गीतिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा नेपाली, नेवारी र तामाङ भाषाका साथै बाङ्ग्ला भाषामा गीत प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण