आर्सनलको शानदार जित, टोटनह्याममाथि ४–१ को फराकिलो अन्तरले विजयी
सारांश
- आइतबारको खेलमा आर्सनलले टोटनह्यामलाई ४-१ ले पराजित गर्यो।
- एबेरेची एजे र भिक्टर ग्योकेरेसले आर्सनलका लागि दुई-दुई गोल गरे।
- जितसँगै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा थप बलियो भएको छ।
काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा आर्सनलले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा थप मजबुत भएको छ ।
खेलको ३२औँ मिनेटमा एबेरेची एजेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै टोटनह्यामका लागि रान्डल कोलो मुआनीले ३४औँ मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।
तर, दोस्रो हाफमा आर्सनलले उत्कृष्ट प्रदर्शन गर्यो । ४७औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए । एबेरेची एजेले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता ३–१ मा पुर्याए । खेलको इन्जुरी समयमा भिक्टर ग्योकेरेसले पनि व्यक्तिगत दोस्रो गोल थप्दै आर्सनललाई ४–१ को प्रभावशाली जित दिलाए ।
यस जितसँगै आर्सनल ६१ अंकसहित प्रिमियर लिगको तालिकामा पहिलो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण