इन्जुरी समयको अन्तिम मिनेटमा गोल, लिभरपुलको नाटकीय जित
सारांश
- लिभरपुलले नटिङ्घम फरेस्टलाई ९७ औं मिनेटमा गोल गर्दै रोमाञ्चक जित हासिल गर्यो।
- म्याक एलिस्टरको गोल भिडियो असिस्टेन्ट रेफ्रीले बदर गरे पनि अन्त्यमा उनैले गोल गरे।
- जितसँगै लिभरपुलले चेल्सी र म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गर्यो।
लण्डन । लिभरपुलले नटिङ्घम फरेस्टविरुद्धको निकै सङ्घर्षपूर्ण खेलमा ९७ औँ मिनेटमा गोल गर्दै रोमाञ्चक जित निकालेको छ। सिटी ग्राउण्डमा भएको खेलको अन्तिम क्षणमा अर्जेन्टिनी खेलाडी एलेक्सिस म्याक एलिस्टरले बललाई जाली चुमाएपछि लिभरपुलका हजारौँ समर्थकहरू खुसीले झुमेका थिए।
यसअघि नै म्याक एलिस्टरले गरेको एउटा गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले ह्यान्डबल भन्दै बदर गरिदिए पनि खेलको अन्त्यतिर उनकै गोलले लिभरपुललाई स्पष्ट तीन अङ्क दिलायो। भर्जिल भान डाइकको हेडरलाई फरेस्टका किपर स्टेफन ओर्टेगाले रोके पनि रिबाउन्डमा आएको बललाई म्याक एलिस्टरले सदुपयोग गरेका थिए।
खेलको सुरुवाती समयमा लिभरपुलले निकै सङ्घर्ष गर्नुपरेको थियो भने वार्म-अपकै क्रममा मुख्य खेलाडी फ्लोरियन विर्ट्ज घाइते हुनु टोलीका लागि चिन्ताको विषय बन्यो। पहिलो हाफमा घरेलु टोली फरेस्टले लिभरपुलमाथि कडा दबाब बनाएको थियो र एलिसन बेकरले केही उत्कृष्ट बचाउ नगरेको भए नतिजा अर्कै हुन सक्थ्यो।
आर्ने स्लटको टोलीले पहिलो ४५ मिनेटमा निकै फितलो प्रदर्शन गरे पनि दोस्रो हाफमा केही सुधारिएको खेल देखायो। यस जितसँगै ४५ अङ्क जोडेको लिभरपुल तालिकाको चौथो स्थानमा रहेको चेल्सी र पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडसँग अङ्क बराबरी गर्न सफल भएको छ ।
हारपछि पनि फरेस्ट रेलिगेसन क्षेत्रभन्दा दुई अङ्क माथि १७ औँ स्थानमा यथावत छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण