अराजकताको अन्त्य र देश सम्हाल्ने जिम्मा अब एमालेको : केपी ओली
सारांश
- केपी शर्मा ओलीले एमाले मुलुक जोगाउन सक्ने शक्ति भएको दाबी गर्दै आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको बताए।
- ओलीले देशमा बढ्दो अराजकता र सामाजिक विखण्डनलाई निर्वाचनबाट परास्त गरिने विश्वास व्यक्त गर्दै एमालेको पहिलो प्राथमिकता देश रहेको बताए।
- उनले 'नेसनल भोलेन्टियर फोर्स' को औचित्यमाथि प्रकाश पार्दै यसले राष्ट्रिय सुरक्षा र शान्ति सुरक्षामा सहयोग गर्ने बताए।
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई संकटबाट जोगाउन र खस्कँदो अवस्थालाई सम्हाल्न सक्ने एक मात्र शक्ति एमाले भएको दाबी गरेका छन्। आफ्नो गृह जिल्ला झापाको दमकमा सोमबार आयोजित 'नेशनल युथ भोलेन्टियर्स' को कोशी प्रदेश कमिटी घोषणा सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनपछि एमालेले नै देशको नेतृत्व सम्हाल्ने उद्घोष गरेका हुन् ।
देशमा बढ्दो अराजकता, तोडफोड र सामाजिक सहिष्णुता विथोल्ने प्रयास भइरहेको भन्दै उनले यस्ता तत्त्वहरूलाई जनताले निर्वाचनमार्फत परास्त गर्ने विश्वास व्यक्त गरे। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री ओलीले एमालेको पहिलो प्राथमिकता सत्ता नभई देश रहेको स्पष्ट पारे।
‘एमाले भन्छ, अरू सबै कुरा पछि, देश पहिले,’ भन्दै उनले शान्तिपूर्ण राजनीति र स्थायित्वका लागि एमालेको जित अनिवार्य रहेको तर्क गरे। नागरिकलाई भ्रमित पारेर वा विध्वंस मच्चाएर निर्वाचन जित्ने सपना नदेख्न चेतावनी दिँदै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा ठोस काम गर्ने पार्टी कुन हो भन्ने कुरा नेपाली जनताले चिनिसकेको उल्लेख गरे।
कार्यक्रममा ओलीले 'नेसनल भोलेन्टियर फोर्स' को गठन र यसको औचित्यमाथि विशेष चर्चा गरे। यो शक्ति केवल चुनावका लागि मात्र नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षा र प्रहरी प्रशासनलाई सहयोग गर्न निर्माण गरिएको उनले बताए। विगतमा आन्दोलनका नाममा भएका अराजकता र राज्य संयन्त्रमाथिका आक्रमणलाई स्मरण गर्दै उनले अब नेसनल युथ फोर्सको उपस्थितिमा कसैले देश जलाउने वा प्रहरीको हतियार खोस्ने आँट गर्न नसक्ने दाबी गरे। यो फोर्सले जनताको शक्तिका रूपमा अनुशासित भएर काम गर्ने र शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले आसन्न निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन एमाले प्रतिबद्ध रहेको भन्दै बुथ कब्जा गर्ने जस्ता गैरलोकतान्त्रिक सोच राख्नेहरूलाई कडा चेतावनी दिए। ‘कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ, यहाँ नेसनल भोलेन्टियर फोर्स छ,’ भन्दै उनले मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने वातावरणको सुनिश्चितता एमालेले गर्ने बताए।
मुलुकलाई समृद्धिको युगमा प्रवेश गराउन र जनताका आधारभूत आवश्यकता पूरा गर्न एमालेको विकल्प नरहेको भन्दै उनले झापा लगायत देशभरका मतदातालाई एमालेको पक्षमा उभिन अपिल गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण