मिथिला मध्यमापरिक्रमा सामाजिक एकताको प्रतीक हो : मुख्यमन्त्री यादव
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मिथिला मध्यमा परिक्रमाले मिथिलाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई थप सुदृढ बनाएको बताएका छन् ।
आज मिथिला मध्यमा परिक्रमाका क्रममा महोत्तरीस्थित कञ्चनवन बासामा आयोजित अध्यात्मिक होली विशेष उत्सवमा उनले मिथिला मध्यमा परिक्रमा केवल धार्मिक यात्रामात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक रहेको बताए ।
मुख्यमन्त्री यादवले होली पर्वलाई आध्यात्मिक दृष्टिकोणबाट मनाउने परम्पराले समाजमा सकारात्मक ऊर्जा र नैतिक मूल्य मान्यताको प्रवर्द्धन गर्ने धारणा राखे । मिथिला क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री यादवले परिक्रमामा सहभागी साधुसन्त, श्रद्धालु तथा स्थानीयवासीको सक्रिय सहभागिताले प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न धार्मिक अगुवा, स्थानीय जनप्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण