धादिङ दुर्घटनामा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु
मङ्गलबार, १२ फागुन २०८२, ११ : १६
सारांश
- धादिङ बस दुर्घटनामा घाइते भएका एक यात्रुको काठमाडौँमा उपचारका क्रममा मृत्यु भयो।
- मृत्यु हुनेमा स्याङ्जाका ४५ वर्षीय घनश्याम सुवेदी रहेका छन्।
- यस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ, र छानबिनका लागि कार्यदल गठन भएको छ।
काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परेर घाइते भएका एकजना यात्रुको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ घर भएका ४५ वर्षीय घनश्याम सुवेदी छन् । उपचारको क्रममा उनको ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले रातोपाटीलाई बताए ।
फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग.२ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण