सावित्राको समर्थनमा कालो पट्टी बाँधेर उत्रिए फ्रेन्ड्सका खेलाडी, एन्फाले मैदानमै रोक्यो
सारांश
- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारमा एन्फाले बेवास्ता गरेको भन्दै फ्रेन्ड्स क्लबका खेलाडीले विरोध जनाए।
- खेलाडीहरूले कालो पट्टी बाँधेर मैदान प्रवेश गर्न खोजेपछि एन्फाले रोक लगायो, जसले गर्दा तनाव सिर्जना भयो।
- एन्फाले नियमको कारण देखाउँदै खेलाडीलाई कालो पट्टीसहित खेल्न नदिएपछि खेल केही समय प्रभावित भयो।
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेवास्ता गरेको भन्दै फ्रेन्ड्स क्लबका खेलाडीले विरोध जनाएका छन्। जारी राष्ट्रिय लिग अन्तर्गतको खेल सुरु हुनुअघि साम्बाको समर्थनमा उत्रिएका खेलाडीले हातमा कालो पट्टी बाँधेर मैदान प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको हो।

एन्फाले भने खेलको नियम विपरीत हुने भन्दै खेलाडीलाई कालो पट्टी बाँधेर मैदान छिर्न रोक लगाएको छ। चोटका कारण मैदानबाहिर रहेकी कप्तान साम्बाको उपचार र हेरचाहमा एन्फाले संवेदनशीलता नदेखाएको भन्दै फुटबल जगतमा पछिल्लो समय आलोचना भइरहेको छ। सोही विषयमा ऐक्यबद्धता जनाउन फ्रेन्ड्स क्लबका खेलाडीले सांकेतिक विरोधको बाटो रोजेका हुन्।

एन्फाका अधिकारीले नियमको हवाला दिँदै पट्टी बाँधेर खेल्न नपाइने अडान राखेपछि केही समय खेल नै प्रभावित भएको थियो। एन्फाले भने कालो पट्टी बाँधेर मैदान प्रवेश गर्नु अनुशासन विपरीत हुने भन्दै अवरोध गरेको हो।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण