तत्कालीन सचिव घिमिरेलाई धरौटीमा रिहा गर्न आदेश
सारांश
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व सचिव सुशील घिमिरेलाई अदालतले धरौटीमा रिहा गरेको छ।
- अख्तियारले घिमिरेलाई विमानस्थलको लागत बढाएर भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
- घिमिरेले चिनियाँ कम्पनीसँग मिलेमतो गरी लागत बढाएको आरोप छ।
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरेलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले घिमिरेसँग डेढ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत अस्वाभाविक रूपमा बढाएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
घिमिरेले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति अध्यक्षको हैसियतमा चिनियाँ कम्पनी ’चाइना सिएमसी इन्जिनियरिङ’सँग मिलेमतो गरी लागत अनुमान ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर (करिब ८ अर्ब ३६ करोड ७३ लाख २५ हजार २९७ रुपैयाँ) बढी देखाएको आरोप लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण