देशका विभिन्न स्थानमा ६ जना मृत फेला
सारांश
- पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
- सप्तरी, सुनसरी, सुर्खेत, रूकुम पूर्व, इलाम र उदयपुरमा शव फेला परेका छन्।
- प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि पठाएको छ र अनुसन्धान भइरहेको छ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका छुट्टाछुट्टै जिल्लामा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
सप्तरीको राजविराज नगरपालिका–६ शान्ति टोलस्थित माछा पोखरीमा स्थानीय १९ वर्षीय अंगद कुमार मेहतर मंगलबार मृत फेला परेका छन्। यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–१० आमझोकी बस्ने ७५ वर्षीय सोठिलाल चौधरी आफ्नै घर नजिकैको नालामा मृत अवस्थामा भेटिएका छन्।
त्यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ शान्तिनगर टोलमा डेरा गरी बस्ने ३७ वर्षीय मीन बहादुर थापा आफ्नै कोठामा मृत फेला परेका छन्।
उनको स्थायी घर सोही नगरपालिकाको वडा नं। १२ मा रहेको खुलेको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका–६ स्थित काक्रीवाङ जङ्गलको ओढारमा ४० वर्षीया लक्ष्मी विकको शव फेला परेको छ भने इलामको रोङ गाउँपालिका–५ मालबासेकी ५५ वर्षीया निर्मला श्रेष्ठ पनि स्थानीय जङ्गलमै मृत अवस्थामा फेला परेकी छिन्।
यता उदयपुरको रौतामाई गाउँपालिका–७ स्थित सौर्य वनमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ५० वर्षीय एक पुरुषको शव फेला परेको छ।
सबै घटनाका सम्बन्धमा प्रहरीले मुचुल्का उठाएर शव परीक्षणका लागि पठाएको छ। यी मृत्युका घटनाहरू प्राकृतिक हुन् वा अन्य कुनै कारणले भएका हुन् भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण