तिला गाउँपालिकामा लगाइएको ताला खुल्यो
सारांश
- जुम्लाको तिला गाउँपालिकामा वडा कार्यालयको भवन निर्माणको विषयमा विवाद उत्पन्न भयो।
- स्थानीयको विरोधपछि गाउँपालिकाले ठेक्का प्रक्रिया रद्द गर्ने र सहमति अनुसार योजना बनाउने निर्णय गर्यो।
- गाउँपालिका र प्रमुख प्रशासकीय केन्द्रमा लगाइएको ताला खुल्यो, तर वडा कार्यालयको ताला अझै खुलेको छैन।
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा लगाइएको ताला खुलेको छ । वडा कार्यालयको भवन निर्माणमा गाउँपालिकाले पायक पर्ने ठाउँभन्दा फरक ठाउँमा ठेक्का आह्वान गरेको भन्दै उक्त गाउँपालिका–६ स्थित रिपि र सुढी गाउँका स्थानीयवासीले तालाबन्दी गरेका थिए ।
गाउँपालिकामा मंगलबार बसेको आन्दोलन पक्षसँग भएको सहमतिअनुसार भवन निर्माणको ठेक्का प्रक्रिया तत्काल रद्द गरी सो गाउँका स्थानीयवासीको सहमति कायम भएअनुसार उक्त बजेटबाट योजना निर्माण गर्ने र हाललाई पालिकामा लगाइएको ताला खोल्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।
आइतबार उक्त गाउँका स्थानीयवासीले तालाबन्दी गरेका थियो । गाउँपालिकाका अध्यक्ष रोकायाको अध्यक्षतामा बसेको बैठकले उक्त सहमति भएपछि गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्रमा लगाएको ताला खुलेको स्थानीयवासी वीरबहादुर रावतले जानकारी दिए ।
वडा कार्यालयमा लगाएको ताला भने खुलेको छैन । वडामा बस्ने बैठकबाट आउने निर्णयअनुसार ताला खोलिने स्थानीयवासी रावतको भनाइ छ । गाउँपालिकाले वडा कार्यालयको भवन निर्माणका लागि रु ५० लाखको ठेक्का आह्वान गरेपछि सुढी र रिपि गाउँका स्थानीयवासीले आन्दोलन गरेका थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण