बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने: कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा
सारांश
- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले नयाँ कांग्रेसले सबैलाई सम्मान गर्ने बताए।
- उनले मधेस आन्दोलन र गजेन्द्रनारायण सिंहको योगदानको स्मरण गरे।
- राजविराजमा जसपा नेपालका नेता र युवा कांग्रेसमा प्रवेश गरे।
सप्तरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको नेतृत्वमा बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने बताएका छन् ।
मंगलबार यहाँस्थित गजेन्द्र चौकमा चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेस आन्दोलनलाई सम्मान गर्दै गजेन्द्रनारायण सिंहको योगदान कहिले बिर्सने योग्य नरहेकोसमेत उल्लेख गरे । मधेस आन्दोलनकै कारण सङ्घीयता आएको स्मरण गराउँदै उनले सङ्घीयता कसैको चाहनामा कमजोर नहुने बताए ।
यसअघि उनले स्व. गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेका थिए । कांग्रेसको चुनावी भेलामा जसपा नेपालका समानुपातिक उम्मेदवार विजय गुप्तासहित दुई दर्जनभन्दा बढी जेनजी युवा कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा राजविराज नगरपालिकाका मो। सज्जाद, सुल्तान, अकबर, अनवर, आजम, मेराज, जाफिर, आफतोप, इसमाइल, आयुसलगायत छन् । महादेवा गाउँपालिकाका मो. वासिम, तबरेज, अबदुल, मुकिम, इर्शाद, अरवाज, इजहारुल, हारुन, इवरान, इरफानसहितका नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशी युवालाई कांग्रेसका सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमार यादव, राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, पार्टीका जिल्ला सचिव सनत मण्डल, मधेस प्रदेशकी सहमहामन्त्री विन्दु यादव, नेताहरू इर्शाद अन्सारी, संविधानसभा सदस्य सकलदेव सुतिहार, नेता जितेन्द्रनारायाण देवसहितकाले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण