अध्यक्ष ओलीले आज दमक र गौरीगञ्जका १३ वटा टोलका मतदाता भेट्दै
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ मा निर्वाचन प्रचार प्रसारका क्रममा मतदातासँग भेटघाट गर्दैछन्।
- ओलीले दमक र गौरीगञ्जका विभिन्न टोलमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
- भेटघाट कार्यक्रममा मतदाताका समस्या र गुनासा सुन्ने तथा समाधानका लागि प्रतिबद्धता जनाउने बताइएको छ।
झापा । निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने भएका छन् । बिहान दमक ९ को चिया दोकानमा ९ः३० बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ ।
पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरुपमा गौरीगञ्ज केन्द्रित हुनेछन् । गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदातालाई भेटघाट गर्दैछन् । कार्कीका अनुसार ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपराह्न ५ बजे सकिनेछ । यसबीचमा उनले गौरीगञ्ज ५ को श्यामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजारका मतदातासँग भेटघाट र अन्तरक्रिया गर्नेछन् । यस्तै बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।
कार्कीका अनुसार गौरीगञ्ज ३ मा बगुवातेलकानी,ठेकीटोला र तेलकानी टोलहरुमा मतदातासँग भेटघाट राखिएको छ ।
यस अघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिबद्धता जनाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण