फेक रेस्क्यु प्रकरणमा थप दुई जना पक्राउ
सारांश
- सीआईबीले नक्कली उद्धार गरी बीमा रकम ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा रोयल होलिडेज एड्भेन्चरका सञ्चालक र विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्ष रहेका छन्।
- यो गिरोहले पर्यटकको नक्कली उद्धार गरी अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट ठूलो रकम दाबी गर्ने गरेको पाइएको छ।
काठमाडौँ । हिमाली क्षेत्रमा पदयात्रामा जाने विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) गरी करोडौँ रुपैयाँ बीमा रकम ठगी गर्ने कार्यमा संलग्न थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रोयल होलिडेज एडभेन्चरका सञ्चालक सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह रहेका छन् । ब्यूरोले उनीहरूलाई क्रमशः फागुन १२ र १३ गते काठमाडौँबाट नियन्त्रणमा लिएको हो ।
यो गिरोहले उच्च हिमाली क्षेत्रमा सामान्य बिरामी भएका वा बिरामी नै नभएका पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गरेको नक्कली कागजात बनाएर अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट ठूलो रकम दाबी गर्ने गरेको पाइएको छ । अनुसन्धानका क्रममा माउन्टेन रेस्क्यु सर्भिस, एभरेष्ट एक्सपिरियन्स एण्ड असिस्टेन्स जस्ता कम्पनीले सरकारी अभिलेख र विमानस्थलको प्यासेन्जर म्यानिफेस्ट नै किर्ते गरी नक्कली बिल तयार पार्ने गरेको खुलेको छ ।
काठमाडौँका विभिन्न अस्पतालसँगको मिलोमतोमा पर्यटक भर्ना भएको र उपचार गरिएको झुटा मेडिकल रिपोर्ट समेत बनाउने गरिएको ब्यूरोले जनाएको छ ।
यस प्रकारको संगठित ठगीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन क्षेत्रको छवि नराम्रोसँग धमिलिएको छ । विदेशी सञ्चार माध्यमहरूले नेपाललाई पर्यटकीय गन्तव्यको सूचीबाट हटाउनुपर्ने र सगरमाथाको फेदमा ठगी भइरहेको भन्दै समाचार सम्प्रेषण गरेपछि नेपालको राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा आँच आएको प्रहरीको ठहर छ ।
यसैलाई मध्यनजर गर्दै प्रहरीले उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम ‘राष्ट्रहित प्रतिकूल काम गर्न नहुने’ कसूर र संगठित अपराध निवारण ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।
हालसम्म यो ठगी प्रकरणमा ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पतालका प्रतिनिधि र हेलिकप्टर कम्पनीका शेयरधनीसहित कुल ९ जना पक्राउ परिसकेका छन् । पक्राउ परेका ५६ वर्षीय सिंह र २८ वर्षीय तिवारीलाई काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई हिरासतमा राखिएको छ ।
पर्यटन क्षेत्रको यो ठूलो घोटालाका अन्य आरोपितहरूको पनि खोजी भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण