अमेरिकी आरोपप्रति इरानको कडा प्रतिवाद
तेहरान । संयुक्त राज्य अमेरिकामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गरिरहेको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले ‘ठूलो झुट’ भन्दै कडा रूपमा अस्वीकार गरेको छ । तेहरानले आफ्नो मिसाइल र आणविक कार्यक्रमबारे अमेरिकाले दोहोर्याउँदै आएको आरोपलाई आधारहिन प्रचारका रूपमा चित्रित गरेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी दाबीलाई ‘ठूलो झुटको पुनरावृत्ति’ भने । उनले इरानको आणविक कार्यक्रम, ब्यालेस्टिक मिसाइल विकास र जनवरी महिनामा भएको अशान्तिका क्रममा मृत्यु सङ्ख्याबारे लगाइएका आरोपलाई असत्य ठहर गरे ।
यद्यपि, उनले स्पष्ट रूपमा कुन अभिव्यक्तिलाई लक्षित गरिएको हो भन्ने उल्लेख गरेका थिएनन्, तर केही घण्टाअघि ट्रम्पले इरानले अमेरिकी भूमिसम्म पुग्न सक्ने मिसाइल क्षमताको खोजी गरिरहेको दाबी गरेका थिए ।
यसअघि फेब्रुअरीमा अल जजिरालाई दिएको अन्तर्वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानसँग अमेरिकालाई लक्षित गर्ने क्षमता नरहेको बताए । तर अमेरिकाले आक्रमण गरेमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिए ।
स्टेट अफ द युनियन सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार बनाउन कहिल्यै अनुमति नदिने प्रतिबद्धता दोहोर्याउँदै तेहरानका नेताहरूले ‘फेरि आफ्नो भयावह आणविक महत्त्वाकांक्षा पछ्याइरहेको’ आरोप लगाएका थिए । इरानले भने विगतदेखि नै आफूले आणविक हतियार नखोजेको र शान्तिपूर्ण प्रयोजनका लागि मात्र आणविक प्रविधि प्रयोग गर्ने अधिकार रहेको दोहोर्याउँदै आएको छ ।
ट्रम्पले डिसेम्बरदेखि सुरु भई जनवरी ८ र ९ मा चरम सीमामा पुगेको विरोध प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले ३२ हजार मानिसको हत्या गरेको आरोपसमेत लगाएका थिए । इरानी पक्षले भने तीन हजारभन्दा बढीको मृत्यु भएको स्वीकार गर्दै हिंसाको कारण ‘संयुक्त राज्य अमेरिका र इजरायलद्वारा भड्काइएका आतङ्कवादी गतिविधि’ रहेको दाबी गरेको छ ।
अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले सात हजारभन्दा बढी मृत्यु अभिलेख गरेको जनाएको छ र वास्तविक सङ्ख्या अझै बढी हुनसक्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण