निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रूपमा सम्पन्न गराैँ : तप बहादुर मगर
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षले निर्वाचनलाई शान्तिपूर्ण बनाउन आग्रह गरे।
- अध्यक्ष मगरले निर्वाचनमा धैर्यता र संयमता अपनाउन सबैलाई आग्रह गरे।
- उनले निर्वाचनको खर्च पारदर्शी हुनुपर्ने र आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने बताए।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रूपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
बुधबार काठमाडौँमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मगरले सम्भावित अवाञ्छित गतिविधिहरू नगरी वा नगराई नागरिकको मानव अधिकारको सम्मान गर्न र सन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सबै पक्षलाई आग्रह गरेका हुन् ।
सबै पक्षहरूले धैर्यता र संयमता अपनाउन, अरूप्रति लक्षित अमर्यादित र घृणायुक्त एवम् सामाजिक तथा सांस्कृतिक सद्भाव बिथोलिने अभिव्यक्ति नदिन र त्यस प्रकारका सामग्री प्रकाशन/प्रसारण नगर्न समेत सबै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ।
उनले निर्वाचनको खर्च समेत पारदर्शी हुनुपर्ने बताए । निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्नुपर्ने प्रावधान निकै व्यवहारिक भएको भन्दै उनले बैंक खातामा पारदर्शिता हुनुपर्ने उल्लेख गरे ।
मगरले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्ने सामाजिक सञ्जाल सञ्चालकलाई समेत कानुनी कारबाहीमा ल्याउनुपर्नेमा जोड दिए । योग्य र सक्षम प्रतिनिधि निर्वाचित गराएर देशको शासन गर्ने ठाउँमा पठाउन सबैले योगदान गर्नुपर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण